२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

कोठा खोज्न आएका भारतीय नागरिकबाट वीरगञ्जमा ११ वर्षीया बालिका बलात्कृत

११ माघ, वीरगञ्ज । पर्साको सदरमुकाम वीरगञ्जमा कोठा खोज्ने बहानामा आएका एक भारतीय नागरिकले ११ वर्षीया बालिका बलात्कार गरेका छन । पीडित बालिकाको बुबाको उजुरीको आधारमा प्रहरीले बलात्कारमा संल्गन भएका भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । कोठा खोज्न आएको बताएका उनले साथीको छोरी बलात्कार गरेका हुन । बालिकाको स्वास्थ्य जाँच गराउँँदा बालात्कार भएको प्रारम्भिक जानकारी प्रहरीले परिवारलाइ दिएको छ ।

पक्राउ परेका भारतीय नागरिक मियाँविरूद्ध आइतबार जिल्ला अदालत पर्सामा पेश गरेर जर्बजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजीत कुँवरले जानकारी दिएका छन ।

 

प्रकाशित मिति : January 24, 2021 at 10:09 am