९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026

मुक्तिनाथ विकास बैंकको लाभांश सेयरधनीको खातामा जम्मा

४ माघ, काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा  नगद लाभांश जम्मा गरेकाे छ । बैंककाे पुस २५ गते सम्पन्न भएकाे १४औं वार्षिक साधारण सभाले पारित गरेकाे बोनस तथा नगद लाभांशमा लाग्ने करसहित ४.२५७४ प्रतिशत नगद लाभांश पाैष १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा मात्र जम्मा गरिएकाे बैंकले जनाएकाे छ ।


हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शेयर अभौतिकिकरण गरी आफ्नाे लाभांश प्राप्त गर्नका लागि बैंकले आग्रह गरेकाे छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आईतवार १४:४२