५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

शे-फोक्सुण्डो निकुञ्जमा मासु र भरुवा बन्दुकसहित १ जना पक्राउ

१ माघ, काठमाडाैँ । डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा मासु र भरुवा बन्दुक सहित एक पक्राउ परेका छन् ।चोरी सिकारी नियन्त्रण इकाईले निकुञ्जको निगालगैरा भन्ने वन क्षेत्रबाट गत पुस २७ गते रातिको समयमा पक्राउ गरेको हो। स्थानीयकाअनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ६ बस्ने लक्ष्मिचन्द्र शाही रहेका छन् ।

निज व्यक्तिबाट एक थान भरुवा बन्दुक, वन्यजन्तुको जस्तो देखिने आखेटोपहार (मासुको टुक्रा), १९ वटा गोली,बारुद १ बट्टा तथा बन्दोबस्तीका सामानहरु बरामद गरिएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिए ।


निजलाई हिरासतमा राखि अनुसन्धान कार्य अगाडि बढाइएको निकुञ्जले जनाएको छ । निकुञ्जले यसभन्दा अगाडि पनि ३७ थान भरुवा बन्दुक, १ थान कटुवा पेस्तोल, इन्सास राईफलका गोलीहरु पनि बरामद गरिएको थियो ।

भौगोलक कठिनाई, विशाल भुगोल,न्यून जनशक्ति र अत्याधिक चिसोका बावजुद पनि निकुञ्जले चोरी शिकारी नियन्त्रण कार्यलाई निरन्तरता दिइरहेको छ । पछिल्लो समयमा वन-जंगल, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणको लागि निकुञ्जले स्थानीय जनताहरुसंग समन्वयकारी भूमिकालाई प्राथमिकता दिएको छ

प्रकाशित मिति : January 14, 2021 at 11:53 am