१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

गुडविल फाइनान्सकाे १२.५ प्रतिशत लाभांश पारित

२९ पुस, काठमाडाैँ ।  गुडविल फाइनान्स लिमिटेडको २६ औँ वार्षिक साधारण सभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौँमा सम्पन्न भएकाे छ । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकाश साखले आर्थिक वर्ष २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु गरे ।

संस्थाले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा २३.१८५ ले वृद्धि गरी रु.८,४९,३९,९८,७१७ तथा कर्जा तर्फ १५.८८५ ले वृद्धि गरी रु. ६,८४,०५,४५,५०४ पुर्याएको जानकारी दिनुका साथै सस्थाका अध्यक्ष विश्व प्रकााश साखले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०७६/०७७ को आय व्यय विवरण तथा उक्त आर्थिक वर्षको नाफाबाट ८.४५ बोनस शेयर तथा ३.६५ नगद लाभांश गरि जम्मा १२.५ प्रतिशत वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।

सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरज्यूले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको काेराेनाका कारण नेपाल सरकारले घोषण गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानी कर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिपफल दिन सकेको सभामा जानकारी गराए ।

प्रकाशित मिति : January 13, 2021 at 5:42 pm