१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेकपाको कार्यवहाक अध्यक्षमा माधव नेपाल, २०६४ सालपछि पहिलो पटक पर्टीको प्रमुख भूमिकामा

५ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यबाहक अध्यक्षको जिम्मेवारी माधवकुमार नेपालले पाएका छन । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चीन भ्रमणमा निस्कनुअघि माधव नेपाललाई कार्यवाहक अध्यक्षकोे जिम्मेवारी दिएका हन । अर्का अध्यक्ष प्रचण्ड पनि सिंगापुरमा रहेकाले ओली हिँड्दा नेपाललाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

नेकपामा ओली र प्रचण्डपछि तेस्रो बरियतामा रहेका बरिष्ठ नेता नेपाललाई कार्यवाहक अध्यक्ष बनाइएको हो । २०६४ सालको निर्वाचनमा पार्टीको पराजयपछि महासचिव पदबाट राजिनामा दिएका नेपालले त्यसपछि पार्टी प्रमुखको जिम्मेवारी सम्हाल्न पाएका थिएनन् ।

प्रकाशित मिति : ५ असार २०७५, मंगलवार ०९:५५