१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

ओली चीन प्रस्थान, ६ दिन चीनमा बिताउने

५ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणमा ओली चीनको ६ दिने भ्रमणमा गएका हुन ।

प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा ११९ सदस्य छन् । टोलीमा पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई लगायतका रहेका छन ।

प्रकाशित मिति : June 19, 2018 at 9:43 am