५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशन गर्ने

२२ पुस, काठमाडाैँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएकाे छ । बैंकले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने लागेकाे हाे।  हालै बोर्डबाट स्वीकृती प्राप्त गरेकाे बैंकले शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपश्चात कायम हुने चुक्ता पूँजीको १ः २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेकाे हाे। सो प्रस्ताव पारित गर्न बैंकले माघ १६ गते साधारण सभा बाेलाएकाे छ ।

बैंककाे साधारण सभा स्टार ब्याङक्वेट, रत्ननगर, चितवनमा दिउसाे १ बजे शुरू हुनेछ । १९ औँ वर्षिक साधारण सभा प्रयोजका लागि बैंकले पुस २९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले हकप्रद शेयरमा अावेदन दिन तथा बैंकको साधारण सभामा सहभागिता हुा पाउने छन् ।

सो सभाले हकप्रद निष्काशनका साथै अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक नियुक्ति तथा अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : January 6, 2021 at 11:12 am