५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सलमान खानका भाइ सोहेल र अरबाजविरुद्ध उजुरी दर्ता


२१ पुस, काठमाडाैँ । बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खान, सोहेल खान र उनका छोरा निर्वाणविरुद्ध उजुरी परेको छ। कोरोनाको नियम तोडेको भन्दै उनीहहरू विरुद्ध उजुरी दर्ता भएको हो। उनीहरू सरकारी क्वारेन्टिनमा बस्नुको साट्टा आफ्नो घर गएका थिए। सरकारी क्वारेन्टिनमा नबसेर घर गएको भन्दै प्रहरीले तीन जनाविरुद्ध उजुरी दर्ता गरेको हो। यद्यपि, उनीहरु तिनैजनामा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन ।

उनीहरु तीनैजनाको इन्स्टिच्युशनल क्वारेन्टिनको बन्दोबस्त मुम्बईको ताज ग्रान्ड होटलमा मिलाइएको थियो । उनीहरु त्यहाँ १४ दिनसम्म क्वारेन्टिनमा बस्नु पर्दथ्यो तर उनीहरु भोलिपल्टै अर्थात् २६ तारिखमा नै होटलबाट घर गए । त्यसपछि मुम्बई महानगरपालिका (बीएमसी) ले तीनजनाविरुद्ध ऊजुरी दर्ता गरेको हाे। अनुसन्धानको क्रममा नियम तोडेको पाइएपछि उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ।

महाराष्ट्रमा बेलायत, युरोपेली देश र यूएईबाट आउने सबै यात्रीलाई १४ दिनको इन्स्टिच्युसनल क्वारेन्टिनमा बस्नैपर्ने नियम बनाइएको छ। तर, उनीहरूले यो नियम तोडेको भन्दै मुम्बई महानगरपालिकाको आग्रहमा प्रहरीले छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाएको हो।

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार १४:५९