३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

मंगलबार बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?


२१ पुस, काठमाडाैँ । नेपाली बजारमा मंगलबार सुनकाे मूल्य बढेकाे छ । मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ९६ हजार ४०० मा कारोवार हुने गरी तोकिएको छ । सोमबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियाे ।


यस्तै तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलाकाे १३२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार ११:५७

https://srdb.com.np/