३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

भारतीय नागरिकबाट बरामद गरिएको एक करोड ४७ लाखको स्रोत सम्पत्ति शुद्धीकरण विभागले खोज्ने


२० पुस, काठमाडाैँ । प्रहरीले थानकोटबाट बरामद गरेको एक करोड ४७ लाख रुपैयाँबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गतको सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्ने भएको छ । सोमबार बिहान साढे ४ बजे एक निजी सवारीसाधनबाट महानगरीय प्रहरी वृत्त थानकोटले स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँ बरामद गरेको थियो ।

प्रहरीले बरामद रकम र व्यक्ति दुबैलाइ सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको छ । विभागले उक्त रकमको स्रोत खोज्ने छ । भारतीय नागरिकले उक्त रकम कपिलवस्तुबाट ल्याएका थिए ।

 

 

प्रकाशित मिति : २० पुष २०७७, सोमबार १७:०३

https://srdb.com.np/