३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

एनएमबि बैंकले उर्जा ऋणपत्र जारी गर्ने

२० पुस, काठमाडाैँ । एनएमबि बैंकले उर्जा ऋणपत्र जारी गर्ने भएको छ ।  बैंकले १५ वर्षको लागि उर्जा ऋणपत्र जारी गर्ने भएको हाे। बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

 

बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । जसमध्ये ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ भने ९ लाख कित्ता व्यक्तिगत तवरबाट अन्य संस्थागत लगानीकर्ताहरुलाई बिक्री गर्नेछ। बैंकको ऋणपत्रमा हिमालयन क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ।

प्रकाशित मिति : २० पुष २०७७, सोमबार १४:४२