२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

एडप्याडलाई राष्ट्रिय पुरुष क्रिकेट टिमको जर्सीको प्रायोजनको अधिकार

१५ पुस, काठमाडाैँ । राष्ट्रिय पुरुष क्रिकेट टिमको जर्सीको प्रायोजनको अधिकार एडप्याड प्रालिले पाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एडप्याडलाई जर्सी बिक्री गरेको हो । एएनएस ग्रुप अफ कम्पनी अन्तर्गत रहेको एडप्याडले मंगलबार राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजनका लागि अधिकार पाएको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र एडप्याडका अध्यक्ष सुदीप थापाले जर्सी प्रायोजनसम्बन्धी याे सम्झौतामा हस्ताक्षर गर्नुभएकाे छ । सम्झौता १५ महिनाका लागि रहने क्यानले जनाएको छ । एडप्याड मिडिया मार्केटिङ कम्पनी हो र यसले स्पोनसरसिप र बिक्री गर्नेसम्बन्धी काम गर्दै आएकाे छ ।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार ११:१४