११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन

१३ पुस, काठमाडाैँ ।  मुक्तिनाथ विकास बैंकको शेयरमूल्य सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  समायोजन भएको छ। गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभाका लागि सोमबार बुकक्लोज गरेसँगै नेप्सेले बोनसलाई समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो।


प्रतिकित्ता ३७९ रुपैयाँमा पछिल्लो कारोबार भएको बैंकको समायोजन पछि को मूल्य ३४१ रुपैया कायम गरिएको छ । अघिल्लो आर्थिक बर्षको आम्दानीबाट बैंकले लागानीकर्ताहरुलाई ११.२५ प्रतिशत बोनस सेयर र ४.२७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको हो ।
पुस २५ गतेका लागि बाेलाइएकाे साधार सभाबाट लाभांश पारित भएपछि लगानीकर्ताहरुलाइ वितरण गरिने छ ।

बैंकले बोनस तथा साधारण सभा प्रायोजका निमित्त आज देखि पुस २५ गते सम्मका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । पुष १२ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागी हुन र बोनस प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार ११:२९