प्रदेश १ का तीन मन्त्रीले दिए राजिनामा, मुख्यमन्त्री समस्यामा
१२ पुस, काठमाडाैँ । प्रदेश १ सरकारका तीन मन्त्रीले राजिनामा दिएका छन । मुख्यमन्त्री शेरधन राईले आन्तरिक मामिला एवं अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेपछि सोही समूहका तीनमन्त्रीले राजिनामा दिएका हुन ।
आइतबार राजिनामा दिनेमा सामाजिक विकास मन्त्री र दुईजना राज्यमन्त्री रहेका छन । सामाजिक विकास मन्त्री जीवन घिमिरे र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास रहेका छन ।

तीनै जनाले संयुक्त राजिनामा दिएका छन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनको असर जिल्ला जिल्ला जिल्लामा देखिइरहेको छ । यसअघि बागमती प्रदेशको सरकारमा देखिएको पार्टी विभाजनको असर प्रदेश १ मा पनि पुगेको हो ।
प्रकाशित मिति : 10:34









