नेकपाले तोक्यो प्रदेशसहित नाै क्षेत्रको इन्चार्ज, सूचीसहित
९ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नाैँ इन्चार्ज तोकिएका छन । बिहीबार काठमाडाैँमा बसेको नेकपाको तेस्रो पूर्ण बैठकले प्रदेश इन्चार्ज तोकेको छ भने उपत्यकता र जनवर्गिय संगठनको इन्चार्ज तोकेको हो ।

प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ प्रदेश २ काे इन्चार्जमा सत्यनारायण मण्डल, बागमती प्रदेशको इन्चार्जमा ईश्वर पोखरेल, गण्डकीप्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशको इन्चार्जमा शंकर पोखरेल, कर्णाली प्रदेशको इन्चार्जमा मणि थापा र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट तोकिएका छन । यस्तै जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी र राजधानी उपत्यका हेर्नेगरी कृष्णगोपाल श्रेष्ठले जिम्मेवारी पाएका छन ।
प्रकाशित मिति : 18:14









