कमरेडहरू ! अब तपाईं हामी जेल जान तयार रहनुपर्छः प्रचण्ड
९ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पलकमल दाहाल प्रचण्डले अाफ्ना पार्टीका नेताहरूलाइ जेल जान तयार रहन निर्देशन दिएका छन । बिहीबारको केन्द्रीय किमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले एक पटक धेरै नेता जेल जानका लागि तयार रहनुपर्ने अवस्था रहेको बताए ।
उनले भनेका छन ‘फेरि जेल जान तयार हुनुपर्ने अवस्थामा हामी यो बैठक बस्दै छौँ । कमरेडहरूलाई कति डर लागेको छ, मलाई थाहा छैन तर हामी सबै अवस्थाका लागि तयार रहनुपर्छ । संविधान र लोकतन्त्रलाई अपहरण हुनबाट जोगाउनै पर्छ । एक पटक फेरि ठूलो योगदान र बलिदानका लागि तयार रहनुपर्छ ।’
उनले भनेका छन ‘कुनै पनि षड्यन्त्र हामीलाई मान्य छैन । कमरेडहरू, आवश्यक परे जुनसुकै बेला सडकमा आउनुपर्ने हुन सक्छ । हामी कोही अब पार्टीगत राजनीतिबाट टाढा जाने छैनौँ, युद्धमा जाने छैनौँ । हामी यही संसदीय राजनीतिमै छौँ ।’
प्रकाशित मिति : 17:56









