नेकपाका मनोनित केन्द्रीय सदस्यकालागि कार्यगत प्रशिक्षण दिइने, यस्तो छ जिम्मेवारी
८ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटीमा मनोनित भएका केन्द्रीय सदस्यहरू लागि कार्यगत प्रशिक्षण दिने भएको छ। नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले सात प्रदेशमा प्रशिक्षणका लागि जिम्मेवारी पाएका नेताहरूको सूची सार्वजनिक गर्दै यसको जानकारी दिनुभएको छ ।
नेकपाका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लहकार सूर्य थापाका अनुसार प्रदेश १ मा प्रशिक्षणका लागि सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा शिवमाया तुम्वाहाम्फेले जिम्मेवारी पाउनुभएको छ । त्यस्तै प्रदेश २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोले जिम्मेवारी पाउनुभएको छ ।

यस्तै वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल एवं लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटाले जिम्मेवारी पाउनुभएको छ ।
उपप्रमुख थापाका अनुसार कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य एवं सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा विन्दा पाण्डेले जिम्मेवारी पाउनुभएको छ ।
प्रकाशित मिति : 11:42









