३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

मेगा बैंकले सुनचाँदी महिला व्यवसायीहरुलाई १५ लाख रुपैंयासम्म बिनाधितो ब्याज अनुदान कर्जा दिने

७ पुस, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यबीच संघमा आबद्ध महिला उद्यमीहरुलाई १५ लाख रुपैंयासम्म बिनोधितो ब्याज अनुदान कर्जा दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सुनचाँदी व्यवसायी संघबाट सिफारिससहित आवश्यक काजगपत्र लिएर आउने उद्यमीहरुले यो कर्जा पाउनेछन् । यस कर्जाले महिला उद्यमीहरुलाई आत्मनिर्भर बनाउन थप उत्साह र उर्जा मिल्ने मेगा बैंकको विश्वास छ ।

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार १६:४७