२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

नेकपाको सातै प्रदेशमा बुधबार बृहत कार्यकर्ता भेला

७ पुस, काठमाडाैँ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बाेलाएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले बुधबार सातै प्रदेशमा बृहत कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको बैठकले बुधबार देशव्यापाी रुपमा बृहत कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो । दुई दिनभित्रै सबै प्रदेशमा भेला गर्ने गरी वक्ता र समन्वयकर्ता तोकिएका छन् । सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ ।

त्यस्तै कर्णाालीमा शंकर पोखरेल, यमलाल कँडेललगायतका नेता खटिएका छन् भने लुम्बिनीमा खिमलाल भट्टराईले भेलाको संयोजन गर्ने भनिएको छ । गण्डकीमा वक्ताका रुपमा टोपवहादुर रायमाझी तोकिएका छन् भने बागमतीको संयोजन आनन्द पोखरेलले गर्दैछन् । प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्ने केन्द्रीय कमिटीमा प्रस्ताव पारित भएको छ । नेकपाले बुधबार बृहत भेला सकेर विहिवार फेरी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : 14:21