हामी पार्टी फुटाउँदैनौं, कसैलाई कारबाही पनि गर्दैनौंः प्रधानमन्त्री ओली
७ पुस, काठमाडाैँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी नफुटाउने प्रष्ट पार्नुभएकाे छ । उहाँले अर्का अध्यक्ष प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही पनि नहुने समेत बताउनुभएकाे छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै आफूहरुले पार्टी फुटाउँन नचाहेको बताउनु भएकाे छ ।

उहाँले बैठकमा बाेल्दै आफूहरुले पार्टी नफुटाउने र कसैलाई कारबाही पनि नगर्ने बताउनुभएकाे हाे । पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने आफ्नाे घोषणाा भएकाे समेत स्पष्ट पार्नुभएकाे छ । बैठकमा अोलीले १९७ सदस्यपछि थप्ने गरी ११९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गर्नुभएकाे छ ।
प्रकाशित मिति : 12:16









