२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

नेकपा केन्द्रीय कमिटीको तेस्राे बैठक बालुवाटारमा जारी

७ पुस काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपा केन्द्रीय कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा शुरु भएको बैठकमा पूर्व माओवादीतर्फका केही नेता पनि सहभागी छन् भने माधव नेपाल समूहमा रहेका केही सदस्य पनि थपिएका छन् । यो बैठकले अर्का अध्यक्षलाई कारवाही गर्ने सम्भावना छ भने नयाँ केन्द्रीय सदस्यहरु थपिँदैछन् ।

पूर्व माओवादी समूहका तीन स्थायी कमिटी सदस्य केपी ओली पक्षकाे बैठकमा सहभागी भएका छन् । पूर्व माओवादी पक्षका नेताहरु टोपवहादुर रायमाझी,लेखराज भट्ट र मणी थापा बालुवाटार पुगेका हुन् । लेखराज भट्ट पछिल्लो समय ओलीसँगै रहे पनि रायमाझी र मणी थापा दुवै पक्षका बैठकमा सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : 11:12