२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

नेकपा फुट्यो, प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने प्रचण्ड गुटको निर्णय

५ पुस, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्ततः फुटेको छ । आइतबार स्थायी कमिटीको पुष्पकमल दाहाल प्रचण्ड गुटको भेलाले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाइ कारबाही गर्ने निर्णय गरेसँगै नेकपा औचारिक रूपमा फुटेको हो ।

पार्टी एकताको सहमति र मर्म विपरित एकताको सहमतिमा हस्ताक्षर गर्ने प्रथम अध्यक्षलाइ कारबाही गरेर प्रचण्ड गुटले पार्टी फुटेको औपरिचक सन्देश दिएको छ । उनीहरूले अध्यक्ष ओली माथि अनुशासनको कारबाही गर्ने निर्णय गरेका छन ।

फुटको औपचारिक सन्देश दिएका उनीहरूले पुस ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएका छन । केन्द्रीय कमिटीको भनिए पनि आइतबारको स्थायी कमिटीको जस्तो एउटा गुटका नेतामात्रै बैठकमा सहभागी हुनेछन ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि नेकपाको प्रचण्ड गुटले कारबाही गरेको हो । त्यसैगरी भोलि सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरमा गुटमा प्रतिनिधित्व गर्ने सांसदको भेला बोलाएको छ ।  त्यसपछि प्रचण्ड गुटका स्थायी कमिटी सदस्यहरूको बैठक बस्नेछ । सोही बैठकमा उनीहरूले पार्टी विभाजनको स्पष्ट घोषणा गर्नेछन ।

प्रकाशित मिति : 19:03