सरकार असफल बनाउन लागिपरेका प्रचण्ड-माधव गुटका सात मन्त्रीले दिए राजिनामा
५ पुस, काठमाडाैँ । सरकारमा रहेरै सरकारको विरूद्धमा विभिन्न गतिबिधि गरिरहेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल गुटका सात मन्त्रीले सामूहिक राजिनामा दिएका छन । उनीहरूले संसद विघटनको निर्णयप्रति असहमति जनाउँदै राजिनामा गरेको बताएका छन ।

सिंहदरवारमा पत्रकार सम्मेलन गरि शिक्षामन्त्री गिरिराजमणी पोखरेल, कृषिमन्त्री घनश्याम भुसाल,उर्जामन्त्री वर्षमान पुन,पर्यटनमन्त्री योगेश भट्टराई,वनमन्त्री शक्ति बस्नेत र खानेपानी मन्त्री विना मगरले राजीनामा दिएका हुन् । मन्त्रीहरुका तर्फबाट सामूहिक राजीनामा पत्र पढ्दै शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति गम्भीर असहमति भएको जनाए।

प्रकाशित मिति : 16:43









