२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

प्रचण्ड गुटका कारण संसद विघटनको बाध्यात्मक निर्णयः संयोजक महर

५ पुस, काठमाडाैँ । सत्तारुढ दल नेकपाको भ्रातृ संस्था अनेरास्ववियूका संयोजक ऐन महरले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई समर्थन गर्न आग्रह गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग र प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याउन लागिएकाले संसद् विघटनको बाध्यात्मक अवस्था आएको पनि उहाँले बताउनुभयो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समूह महाभियोग र अविश्वासको प्रस्तावका लागि अघि बढेपछि ओलीले संसद् विघटनको बाध्यकारी कदम चाल्नुपरेको महरको भनाइ छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुमा लेख्नुभएको छ,‘२०७४ सालमा प्राप्त जनमतको सम्मान नगरी राजनीतिक अस्थिरताका पुजारीहरु प्रचण्ड गुटले राष्ट्रपतिविरुद्ध महाभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेर अगाडि बढेपछि नयाँ जनादेशका लागि प्रधानमन्त्रीले चाल्नुभएको बाध्यात्मक कदम हो संसद् विघटन । सबैले समर्थन गरौं र हिम्मत हुनेहरुले ताजा जनादेशका लागि तयार बनौं ।’

प्रकाशित मिति : 14:14