८ असार २०८३, सोमबार | Mon Jun 22 2026

माधव नेपालको गुट भेला बहिष्कार गरेका बामदेव गौतम ओली प्रचण्डको भेटमा सहभागी

४ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गाैतम प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा सहभागी भएका छन । शनिबार बिहान ११ बजे प्रचण्ड निवासमा प्रधानमन्त्री ओली पुगेका थिए । लगत्तै उपाध्यक्ष गौतम पनि पुगेका छन ।

शुक्रबार काठमाडौँमा माधव नेपाल गुटले आयोजना गरेको भेला बहिष्कार गरेका गौतम दुइ अध्यक्षबीचको भेटमा सहभागी हुनुलाइ अर्थपूर्ण रूपमा हेरिएको  छ। गौतमले विगतदेखि नै पार्टी एक ढिक्का बनाउनका लागि दुइ अध्यक्षलाइ एक ठाउँमा ल्याउन भूमिका खेल्दै आएका छन ।

 

प्रकाशित मिति : December 19, 2020 at 12:31 pm