२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

प्रधानमन्त्री ओली प्रचण्ड निवासमा (भिडियोसहित)

४ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न आज खुमलटार पुगेका छन । प्रधानमन्त्री ओली अहिले बिहान ११ बजे प्रचण्ड निवास पुग्नुभएको छ । प्रधानमन्त्री खुमलटार जानुभएका कारण त्यस क्षेत्रमा बाक्लोमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रधानमन्त्रीको साथमा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहितका केही नेता पनि रहेको बुझिएको छ । नेकपा भित्रको विवाद थप बल्झिदै गइरहेको सयमा प्रधानमन्त्री प्रचण्ड निवासमा जानुलाइ अर्थपूर्ण रूपमा हेरिएको छ । प्रचण्ड निवास प्रवेश गर्नुअघि प्रधानमन्त्रीले समाचार संकलनाका लागि त्यहाँ पुगेका पत्रकारलाइ हात हल्लाएर अभिवादन पनि गरेका थिए ।

प्रकाशित मिति : 11:23