३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

मेगा बैंकले ल्यायो ‘मेगा अभिभावक बचत खाता’

३ पुस, काठमाडौँ ।  मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा अभिभावक बचत खाता’ नामक आकर्षक बचत योजना ल्याएको छ ।  बचतसँगै छोराछोरीहरुको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले बैंकले ‘मेगा अभिभावक बचत खाता’ ल्याएको हो ।

न्यूनतम ५ सय रुपैंया बचत हुनुपर्ने यस खातामा ४.५ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा खातावाला अभिभावकको ५ लाख रुपैंयाको दुर्घटना बिमाको व्यवस्था गरिएको छ ।

यसैगरी, मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, चेकबुक र अनलाइन बैंकिङ सुविधा निशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ । यसका साथै, खातावाललाई डिम्याट खाता तथा शेयर लगानी सम्बन्धी बिभिन्न आकर्षक विशेष सुविधाहरु पनि यस योजनामा समेटिएका छन् । खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने ब्यवस्था पनि मिलाइएको छ ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार १६:४४