१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

राष्ट्र बैंकद्धारा आशा लघुवित्तको लाभांश स्वीकृत

३ पुस, काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको छ । राष्ट्र बैंकले पुस २ गते लघुवित्तको लाभांशलाई  स्वीकृति दिएको हो । अब, कम्पनीको साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश हात पार्नेछन् ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

लघुवित्तले ३ करोड ४८ लाख ४३ हजार २०० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १८ लाख ३३ हजार ८५३ रुपैयाँ नगद गरि कुल ३ करोड ६६ लाख ७७ हजार ५३ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ । उक्त लाभांश अब लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछन्।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार १२:४८