२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

प्रधानमन्त्री ओलीद्धारा ५ बजे संवैधानिक परिषद् र ६ बजे मन्त्रिपरिषद बैठक आव्हान

२ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । परिषदका सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको  जानकारी दिनुभयो ।

गत मंगलबार नयाँ अध्यादेश जारी भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएपछि बुधबारको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति बनेको बताइएको छ । परिषदका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्थाअनुरुप बैठक बोलाउनुभएको बताइएको छ ।

परिषदमा ६ सदस्य रहने व्यबस्था छ । जसमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यव्सथा छ । सो व्यवस्थाअनुसार गणपुरक संख्या पुग्न पाँच जनाको अनिवार्य सहभागिता आवश्यक पर्छ । तर राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा मंगलबार जारी गर्नुभएको अध्यादेशमा साविक सदस्यको बहुमत भएमा गणपुरक संख्या मानिने गरी संशोधन गरिएको छ ।

प्रकाशित मिति : 15:33