नेपाल बैंकले घाेषणा गर्याे लाभांश , बोनस र नगद कति ?
२ पुस, काठमाडाैँ । नेपाल बैंकले लाभांश घाेषणा गरेकाे छ । पाैष १ गते बसेकाे बैंककाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घाेषणा गरेकाे हाे । बैंकका शेयरधनीहरूलाई बैंकले शेयर प्रिमियमबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र वितरण योग्य मुनाफाबाट ४ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपश्चात वितरण गरिनेछ।

प्रकाशित मिति : December 17, 2020 at 11:12 am









