नेकपा स्थायी कमिटी बैठकमा पनि संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले प्रवेश पाउने
१ पुस, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा मंगलबार जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको चर्चाले प्रवेश पाउने अनुमान गरिएको छ ।

पार्टीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले सरकारलाइ असहयोग गर्ने नाममा सभामुखलाइ संवैधानिक परिषद्को बैठकमै जानबाट रोकेपछि सरकारले त्यससँग सम्बन्धित अध्यादेश जारी गरेको थियो ।
त्यसपछि अाक्रोशित बनेका प्रचण्ड, नेपाल समूहका नेताहरूले बुधबार हुने स्थायी कमिटी बैठकमा अध्यादेश ल्याउनुअघि परामर्श नगरेको भन्दै विवाद सिर्जना गर्ने तयारी गरेका छन ।
प्रकाशित मिति : 11:55









