२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

भ्रष्टाचारको काल्पनिक गीत हैन अख्तियारलाई एक्सनमा लान अध्यादेशः पूर्वमन्त्री बस्नेत

३० मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले मुलुक निस्चित ब्यक्तिहरुको कुण्ठा र पिडाको बन्धक भै रहनु परेको बताउनुभएको छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर सरकारले राम्रो काम गरेको भन्दै पूर्वमन्त्री बस्नेतले भन्नुभएको छ ‘भ्रष्टाचार भयो भनेर काल्पनिक गीत गाइरहने अनि अख्तियार दुरुपयोगको रिक्त पद नियुक्ति गर्न नपाइने?’

उहाँले अधिनायकवादको नारा लगाइरहने अनि संबैधानिक परिषद बैठक बस्न नदिएर संबैधानिक नियुक्ति गर्न नदिने। भन्दै प्रतिप्रश्न गर्नुभएको छ । उहाँले भन्नुभएकको छ ‘लोकतान्त्रिक पद्धतिको कुरा हाँकिरहने अनि संबैधानिक र कानुनी काम‘ गर्न नपाइने। अब यस्तो प्रवृत्ति अन्त हुनै पर्दछ। दुई दुई पटक सम्माननीय सभामुख नै गुटको निर्देशनमा बैठकमा अनुपस्थित भएर असहयोग गर्ने अवस्थाले गर्दा वाध्य भएर सरकारले अध्यादेश ल्याएर रिक्त रहेको नियुक्ति गर्ने प्रक्रिया अगाडी बढाएको छ। ’

उहाँले संबैधानिक हिसाबले आएको यो अध्यादेश ६ महिना भित्र सदनले अनुमोदन गरेन भने मात्र प्रधानमन्त्रीको कदम गलत ठहरिने बताउनुभएको छ । उहाँले अन्यथा अनेक शब्दजाल प्रयोग गरेर यस्को बिरोध गर्नुको कुनै अर्थ नहुने बताउनुभयो ।

प्रकाशित मिति : 07:07