२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

ठगी अभियोगमा नबोलेका नारायणकाजी अध्यादेशबारे बोले

३० मंसिर, काठमाडाैँ । स्वर्गीय कमानसिंह लामाको ठगी प्रकरणमा नबोलेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ अध्यादेशका सम्बन्धमा बोलेका छन । सामाजिक सञ्जालमा अन्य समयमा सक्रिय रहने श्रेष्ठ लामाको पैसा ठगी गरेको आरोप लागेपछि बोलेका थिएनन् । उनले त्यसका बारेमा सामाजिक सञ्जाल मार्फत स्पष्टिकरण दिने हिम्मत गरेनन् । बरू स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ आफ्नो बारेमा स्पष्टिकरण दिन लगाएका थिए ।


मंगलबार जारी भएको अध्यादेशका सम्बन्धमा उनले यस्तो भनेका छन, सरकारले पुनः संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेको छ । यो सारत: यस अघि जारी गरेर फिर्ता गरिएकै अध्यादेश हो। त्यसबेला हाम्रो पार्टी ,प्रमुख प्रतिपक्ष लगायतका राजनीतिक पार्टी हरु र नागरिक समाजले अलोकतान्त्रिक कदम भन्दै बिरोध गरी फिर्ता लिन व्यापक दवाव दिएपछि सरकारले उक्त अध्यादेश फिर्ता लिएको थियो ।अहिले सत्तारुढ हाम्रो पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको छ र संसदको नियमित अधिवेशन बोलाउने समय नजीक आईसकेको छ।

यस्तो स्थितिमा प्रधानमन्त्रीले अप्रत्यासित ढङ्गबाट अध्यादेश ल्याउनु गलत छ ।तसर्थ अध्यादेश तत्काल फिर्ता लिनु पर्दछ । (अध्यादेश जारी गर्ने सम्बन्धमा पार्टीलाई कुनै जानाकारी थिएन र जारी गरिए पछि पार्टीमा कुनै छलफल भएको छैन ।भोलिको स्थायी कमिटीको बैठकमा छलफल होला ।तसर्थ अहिले यो मेरो नीजि बिचार हो )

प्रकाशित मिति : 18:00