सरकारी अस्पताललाई सबल बनाउनुपर्नेमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको जोड
३० मंसिर, काठमाडाैँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्मृद्ध नेपाल खुशी नेपालीको नारालाई पूरा गर्न स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रको विकासमा स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौं महानरपालिकाले त्रिवि शिक्षण अस्पताललाई सिटिस्क्यान मेसिन खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धमा आयोजना गरेएको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।
उहाँले काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई उपलब्ध गराउन लागेको सहयोग महत्वपूर्ण रहेको पनि बताउनुभयो । सरकारले स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्छ भन्ने मान्यता रखेको र त्यसका लागि सरकारी अस्पताललाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो । विभिन्न अस्पतालहरुले अनुचित ढंगले सेवा दिएको गुनासो जनस्तरबाट आउने गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य क्षेत्रको नीति, संरचना, योजाना र कार्यक्रममा सुधार गरेर अघि बढ्नुपर्ने पनि बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा आउने गरेका विसंगतीका जनगुनासोलाई सुधार गरेर कार्यान्वयन तहमा लैजान सम्बन्धित नेतृत्वले सेतुको काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी क्यान मेसिन खरीदका लागि आर्थिक अनुदान दिने सम्बन्धमा सम्झौता भएको छ ।
उपप्रधानमन्त्री पोखरेलको उपस्थितिमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । महानगरपालिकाले ७ करोड ५० लाख रुपैयाँ बराबरको १ सय २८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गर्न आर्थिक सहयोग गरेको हो ।
प्रकाशित मिति : 17:36









