विभाजन नजिक नेकपाः प्रचण्ड गुटको भेला खुमलटारमा जारी, सरकारविरूद्ध रणनीति बनाउँदै
३० मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्ततः विभाजनको संघारमा पुगेको छ । नेकपालाइ विभाजनको संघरमा पुर्याउन र सरकारविरूद्ध चाैतर्फी घरेबन्दी गरेर काम गर्न असहज परिस्थिति सिर्जना गरिरहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटको गुटको भेला प्रचण्डकै निवास खुमलटारमा बसिरहको छ। भेलामा वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गाैतम र ठगीको अारोप लगेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन ।

सरकारले संवैधानिक परिषद्को बैठक सञ्चालनको सहजताका निम्ति अध्यादेश ल्याएपछि उनीहरू सरकारविरूद्धको घोषित रणनीति तयारीका लागि भेलामा जुटेका हुन । सरकारका केही मन्त्रीहरू समेत भेलामा सहभागी भएका छन । प्रचण्ड लगायतले अध्यादेश खारेज गर्न माग गरेका छन ।
प्रकाशित मिति : 17:01









