९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026

एनआईसी एशिया बैंक र सेन्टबी रेमिटबीच सम्झौता

३० मंसिर, काठमाडाैँ । दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एन आई सी एशिया बैंक र सेन्टबी रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ ।

दक्षिण कोरियामा बस्दै आएका नेपाली ग्राहकहरूले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ। उक्त सुविधाका अलावा कोरियाबाट देशभर छरिएर रहेका यस बैंकका १० हजार भन्दा बढी रेमिट्यान्ट एजेन्टहरूमार्फत आफुले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउन समेत सकिने व्यवस्था रहेको छ ।


कोरियामा बसोबास गर्दै आएका नेपाली ग्राहकहरूले सेन्टबी रेमिटको वेबसाइट सेन्टबीडटकम तथा मोबाइल एपमार्फत कुनै पनि खाता तथा आफन्तका नाममा रकम पठाउन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार १६:२८