विपक्षी दलका नेता देउवा संवैधानिक परिषद्को बैठकमा नजाने
३० मंसिर, काठमाडौँ । प्रमुख विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा नजाने बताएका छन । उनका स्वकीय सचिव भानु देउवा मार्फत मंगलबार साँझको बैठकमा उपस्थित नहुने जानकारी दिएका छन ।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवाले नजाने बताएका हुन । यसअघि मंगलबार बसेको परिषद्को बैठकमा देउवा गए पनि सभामुख अनुपस्थित भएका थिए ।
प्रकाशित मिति : 16:48









