२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

विपक्षी दलका नेता देउवा संवैधानिक परिषद्को बैठकमा नजाने

३० मंसिर, काठमाडौँ । प्रमुख विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा नजाने बताएका छन । उनका स्वकीय सचिव भानु देउवा मार्फत मंगलबार साँझको बैठकमा उपस्थित नहुने जानकारी दिएका छन ।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको  बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवाले नजाने बताएका हुन । यसअघि मंगलबार बसेको परिषद्को बैठकमा देउवा गए पनि सभामुख अनुपस्थित भएका थिए ।

प्रकाशित मिति : December 15, 2020 at 4:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/