६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

तनहुँबाट विभिन्न मुद्दामा फरार ९ जना प्रतिवादी पक्राउ


३० मंसिर, तनहुँ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही जिल्ला अदालत तनहुँबाट विभिन्न मितिमा फैसला भएको दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका ९ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर ।

पक्राउ पर्नेहरुमा बहुविवाह मुद्दाका व्यास नगरपालिका-१० नयाँबस्ती बस्ने ३३ वर्षीय पदम बहादुर बिक, सवारी ज्यान मुद्दाका बन्दिपुर गाउँपालिका-१ चिसापानी बस्ने श्यामलाल श्रेष्ठको साथै कुटपिट मुद्दाका फरार १ जना, नाता कायम मुद्दाका फरार ३ जना, सम्बन्ध बिच्छेद मुद्दामा ३ जना समेत गरी ९ जना फरार प्रतिवादी रहेका छन् । पक्राउ व्यक्तिहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार ०९:३२