५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

मुस्ताङकाे कागवेनीमा प्रभु बैंककाे २१२ औं शाखा कार्यालय सञ्चालन

२९ मंसिर, चितवन । प्रभु बैंक लिमिटेडले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७/०८/२९ देखि मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ०४ स्थित कागवेनीमा आफ्नाे २१२ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको कागवेनी शाखा कार्यालयको समुद्घाटन वारागुङ मुक्तिक्षेत्र गाँउपालिका का अध्यक्ष श्री फेन्चोक छेप्तेन गुरुङ ज्यूले विहान १०ः०० बजे गर्नु भएको हो ।

बैंकको कागवेनीमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी श्री फेन्चोक छेप्तेन गुरुङ ज्यूले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

बैंकको कागवेनी शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कागवेनी शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : December 14, 2020 at 5:39 pm