६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

सप्तरीमा माछा मार्ने विषयमा झगडा हुँदा १ जनाको मृत्यु, चार जना अभियुक्त पक्राउ


२९ मंसिर,सप्तरी । बोदेबरसाईन नगरपालिका-३ कुशमारस्थित सार्वजनिक पोखरीमा माछा मार्ने बिषयमा दुई पक्षबीच आइतबार राति झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ४५ वर्षीया गंगिया देवी मण्डलको घटनास्थलमै मृत्यु भएको छ । उक्त घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५० वर्षीय शिव सरण मण्डल, ४७ वर्षीय बिजय मण्डल, २२ वर्षीय सुरेन्द्र मण्डल र २८ वर्षीय रबित मण्डल रहेका छन् ।

प्रतिकात्मक तस्बिर ।

उक्त स्थानमा झगडा हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको भन्ने भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बोधेबसाईन र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका ४ जनाको नर्सिङहोम लहान सिरहामा उपचार भइरहेको छ । कुटपिटमा संलग्न हाल फरार ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १३:५६