३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

कृषि विकास बैंकले घोषणा गर्याे लाभांश

२९ मंसिर, काठमाडाैँ । कृषि विकास बैंकले शेयरधनीहरुलाई लाभांश  वितरण गर्ने  घोषणा गरेको छ। बैंकको सोमबार विहान बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

त्यस्तै सरकारकाे अग्राधिकार शेयरमा पनि बैंकले ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

 

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार ११:३०