१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पश्चिम सेतीको अन्योलताबारे नेकपाको बैठकमा भीम रावलको प्रश्न

२ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावलले पश्चिम सेती जलविद्युत आयोजनाको अन्योलतका बारेमा नेकपाको बैठकमा जानकारी मागेका छन । नेकपाको संसदीय दलको बैठकमा नेता रावलले पश्चिम सेतीबाट चिनियाँ कम्पनीलाई कसले निकाल्यो भनेर नेतृत्वलाई प्रश्न गरे ।

बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीका साथै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. युवराज खतिवडा लगायतका नेताहरुलाई नेता रावलले पश्चिम सेतीका बारेमा प्रश्न गरेका हुन । उनले बजेटमार्फत अर्थमन्त्रील पश्चिम सेती आयोजना नेपाल सरकारले बनाउने भनेपनि बजेट विनियोजन नभएको भन्दै ध्यानाकर्षण गराए ।

नेता रावललले लगानी बोर्डले भने चिनियाँ कम्पनीसँगै रहेको बताउँदा आयोजना नै अन्यौलमा परेको बताए । बैठकमा नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेतीबारे छलफल भइरहेको बताएका छन ।

प्रकाशित मिति : २ असार २०७५, शनिबार १८:१३