८ असार २०८३, सोमबार | Mon Jun 22 2026

सर्वदलीय बैठक बालुवाटारमा जारी

२३ मंसिर, काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकको आह्वान गर्नुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो। ‘यो बेला बेला हुँदै आएको हो।

प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको थापाले बताउनुभएकाे छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको आजको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता छ ।

प्रकाशित मिति : December 8, 2020 at 12:21 pm