५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

लुम्बिनी विकास बैंक घोषणा गर्याे लाभांश

२३ मंसिर, काठमाडाैँ । लुम्बिनी विकास बैंकले  लाभांश घोषणा गरेकाे छ । लुम्बिनी विकास बैंकले  गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हाे।

बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लुम्बिनी विकास बैंकको मंसिर २३ गते बसेको  सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त  लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

प्रकाशित मिति : December 8, 2020 at 10:55 am