२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

बलिउड अभिनेता वरुण धवनलाई कोरोना संक्रमण


२२ मंसिर काठमाडौँ । बलिउड अभिनेता वरुण धवनलाई कोरोना संक्रमण देखिएको छ। भारतीय मिडिया अनुसार  इन्स्टाग्राममा वरुणले साथीहरूसँग भिडिओ च्याट गरेको स्क्रिनसट पोष्ट गर्दै लेखेका छन्,:

हाम्रो प्रोडक्सन टोलीले सावधानीका सबै उपायहरू पनि अपनाएकै थियौं। तर त्यतिले काफी भएन थप सतर्कताको आवश्यक छ। सबैजना सुरक्षित रहौं।उनले भनेका छन् । अभिनेता वरुण मात्र होइनन्, फिल्ममा उनको सहकर्मी नितु कपुर र फिल्मका निर्देशक राज मेहतासमेतलाई कोरोना संक्रमण पुष्टि भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । वरुण फिल्म ‘जुग जुग जिओ ‘को सुटिङ चलिरहेको बेला कोरोना संक्रमण पुष्टि भएको हो। फिल्म चन्दिगढमा सुटिङ भइरहेको थियो।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १४:४९