११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

सिक्वेल ‘खलनायक २’ को छायाँकन माघबाट सुरु हुने


२२ मंसिर काठमाडौँ । सन् २००८ को सुपरहिट फिल्म ‘खलनायक’ को सिक्वेल ‘खलनायक २’को छायाँकन माघबाट सुरु हुने भएको छ । गोविन्द सिंह भण्डारीको निर्देशन रहने फिल्मका मुख्य कलाकारको अहिले छनौट भइरहेको छ ।फिल्ममा मुख्य भूमिकामा रहेका कलाकार विराज भट्ट, निखिल उप्रेती, राजेश हमाल र झरना थापा भने ‘खलनायक २’ पनि दोहोरीने होला भनेर धेरैले अनुमान समेत गरेका छन् ।लभस्टोरी–एक्सन जनरामा निर्माण हुने फिल्म ‘खलनायक २’ मा निर्माता आफैं खलनायकको भूमिकामा प्रस्तुत हुँदैछन् ।

यस अगाडि फिल्मको छायाँकन दशैं अगाडि नै सुरु हुने बताइएको थियो । सरकारले फिल्म क्षेत्रका गतिविधि फुकुवा नगर्दा र कोरोनाको संक्रमण झन् बढ्दै गएको कारण फिल्मको छायाँकन समयमा गर्न नसकिएको निर्माता रोज राणाले बताएकाछन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १२:२७