१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

केशव दाहालले पनि छाडे बाबुराम भट्टराईको साथ, नयाँ शक्तिबाट अलग भएको घोषणा

२ असार, काठमाडौं । नयाँ शक्ति पार्टीको स्थापनामै महत्वपूर्ण भूमिका निर्वाह गरेका केशव दाहालले पार्टी परित्याग गरेका छन । नयाँ शक्तिका संस्थापक नेता दाहालले केन्द्रीय समितिको बैठकबाट आफ्नो राजिनामा स्वीकृत भएपछि पार्टीबाट अलग भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन ।

दाहालले २०६४ सालमा ‘वैकल्पिक विचार मञ्च’ गठन गरेका थिए । बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेपछि उनी पनि नयाँ शक्तिमा संस्थापक भएर क्रियाशिल भएका थिए ।

उनले फेसबुकमा लेखेका छन ‘नयाँ शक्ति पार्टीको असार १ गते बसेको केन्द्रीय समितिको बैठकले मेरो राजीनामा स्वीकार गरेको छ । पार्टी स्थापनादेखि निरन्तर रुपमा केन्द्रीय सचिवालय रही काम गरियो । यो सहकार्यका लागि पार्टी संयोजक र सम्पूर्ण साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।’ दाहालले आगामी दिनमा ‘वैकल्पिक, सफा र अझ सुन्दर राजनीतिको अभियान’ जारी रहने बताएका छन् ।

प्रकाशित मिति : २ असार २०७५, शनिबार ०८:५५