३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

सिटिजन्स बैंकले शेयरधनीहरूलाई ११ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

२१ मंसिर, काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसले गत आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र ३ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

शनिबार सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि बोनस शेयर र  नगद लाभांश पारित गरिएको हो । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।

 

साथै बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढाउने सम्बन्धमा समेत जानकारी गराएको छ । त्यसैगरी साधारण सभाका अध्यक्ष राजन सिंह भण्डारीले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्ने सक्ने विश्वास दिलाए ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आईतवार ११:१२