२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सेभियालाई १–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिड तेस्रो स्थानमा

२१ मंसिर, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेभियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।  सेभियाको मैदानमा रियलले आत्मघाती गोलबाट जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५५ औं मिनेटमा एसिने बुनोउले आत्मघाती गोल गर्दा रियलले १–० गोलको जित निकाल्न सफल भएको हो । साविकको विजेता रियलले कप्तान सर्जियो रामोस विनानै खेल खेलेको हो ।  जितसँगै ११ खेलमा २० अंक जोड्दै रियल लिगको तेस्रो स्थानमा उक्लिएको छ । सेभिया १६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आईतवार ०८:०९